मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अस्पतालमा आगलागी हुँदा दुई नर्ससहित अठार कोरोनासंक्रमितको मृत्यु
भर्खरै

अस्पतालमा आगलागी हुँदा दुई नर्ससहित अठार कोरोनासंक्रमितको मृत्यु

  • सिधा दृष्टी शनिबार, बैशाख १८, २०७८ | May 1, 2021

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड-१९ सङ्क्रमित बिरामीको मृत्यु भएको छ ।

कोरोनाको सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेको बेला भारतको पश्चिमी राज्य गुजरातको भरुचस्थित चारतल्ले अस्पतालमा आगलागी भएको हो ।

सम्बद्ध भारतीय अधिकारीहरूका अनुसार शनिबार बिहान १ः०० बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरेका

छन् । आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको उनको भनाइ छ ।

उक्त घटनामा अधिकांश व्यक्तिको निशास्सिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय