शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस
भर्खरै

सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

किरण गिरी 

देउवाको नेतृत्व र नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी संगठन प्रतिकुल अवस्थाको बाबजुद पनि सार्थक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । प्रतिनिधि सभा विघटनको घटना पछि भएको वडा तह देखि सबै पालिका , संघीय र प्रदेश १६५ र ३३० निर्बाचन क्षेत्रमा र ७७ रै जिल्लामा नेपाली कांग्रेसको बिरोध कार्यक्रमहरु सार्थक र प्रभावकारी रह्यो ।

प्रतिनिधि सभा विघटन देखि अहिले सरकार निर्माणका बिषयमा बिपक्षी पार्टीको अन्तर द्वन्द विश्लेषण

नगरी कांग्रेसले हतारमा कुनै पनि निर्णय लिएको भए कंग्रेस यतिबेला सर्बत्र आलोचित हुने थियो । सभापति शेर बहादुर देउवाको कारण नेपाली कांग्रेस त्यो आलोचना बाट बचेको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको कुनै पनि निर्णय हतार र प्रतिक्रियात्मक रुपमा नगरी गहिरो अध्ययन एबं विश्लेषण गर्दै परिपक्वताका सबैलाई समेटेर दुरगामी र परिपक्व निर्णय गर्न सक्ने क्ष्मताको कारण नेपाली कांग्रेस अबिचलित रुपमा अगाडि बढ्न सफल भैरहेको छ ।

सबैको कुरा सुन्ने , सबैको भावना समेट्ने अनि गहिरो अध्ययन र विश्लेषण गरेर अलि ढिलो देखिएपनी परिपक्व र दुरगामी निर्णय लिन सक्ने क्षमता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवामा रहेको पाइयो । एउटा लोकतान्त्रिक राजनीतिक पार्टी नेपाली कांग्रेसमा यति कुशल क्षमतावान नेतृत्व हुनु सिंगो पार्टी संगठनको लागि गौरवको कुरा हो ।

गत बर्ष चैत्र -११ गते देखि कार्तिक ८ महिना सम्म भएको लक डाउन र भर्खरै हिजोबाट प्रारम्भ भएको काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख शहरहरुमा गरिएको निषेधाज्ञाको कारण नेपाली कांग्रेसको संगठन निर्माणको प्रमुख अधार क्रियाशील सदस्यता छानबिन र वितरणमा प्रतिकुल अशर परेको छ ।
यसबिच नेपाली कांग्रेस आफ्नो संगठन निर्माण , मुलुकको रास्ट्रीय राजनीति दायित्व प्रती सार्थक रुपमा जिम्मेवार हुँदै अगाडि बढी रहेको छ ।

लोकतन्त्र र नेपाली कांग्रेस :
लोकतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्नु हुने ती ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक सम्मान र श्रध्दासुमन अर्पण गर्दछु । लोकतन्त्र हाम्रो जिवनको आधार हो । जुन आधारमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यो आन्दोलन र उपलब्धिको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । नेपाली कंग्रेसकै कारण नेपालमा राजनीतिक , आर्थिक र सामाजिक उन्नति सम्भव भएको हो ।

१४औं महाधिवेशन र क्रियाशील सदस्यता :
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आधार स्तम्भ क्रियाशील सदस्य संख्या - १० लाख पुर्‍याउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढी रहेको भएतापनी बैशाख १५ गते राति १२ : बजे सम्म साडे सात लाख भन्दा बढी क्रियाशील सदस्य केन्द्रीय कार्यालयमा इण्ट्री भएको छ ।
बैशाख - १५ गते अपरान्ह सम्म्को क्रियाशील सदस्यहरुको पछिल्लो अध्याबधिक तथ्यांक :
कुल सदस्य : ७ लाख ५३ हजार ३ सय ४४ जना ।
नयाँ सदस्य :  ३ लाख ८९ हजार ४ सय ५१ जना ।
नवीकरण :  ३ लाख ६३ हजार ८ सय ९३ जना ।
नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सोहि राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द भैसकेको छ । अब समायोजन बाट आउने र इण्ट्री गर्न बाकी रहेका क्रियाशील सदस्यहरुको इण्ट्री गर्ने काम पार्टी कार्यालयमा सिधै गरिने छ ।

क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।
सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने भएको छ ।

नेपालमा नयाँ भेरिएसन सहितको कोरोना दोश्रो चरणको संक्रमण अत्यन्तै तिब्ररुपमा बढीरहेको छ ।
हिजो बैशाख १६ गते बाट काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख शहरहरुमा लगाइएको निषेधाज्ञाको कारण अब देशभर १६५ संघीय संसद प्रतिनिधि सभा निर्बाचन क्षेत्र र ७७ रै जिल्लाबाट क्रियाशील सदस्यहरुको विवरण पठाउने काम अब अबरुद्ध हुन पुगेको छ । यसले नेपाली कांग्रेसको स्थानीय अधिबेशनहरुको समय कार्यातालिका निश्चितै रुपमा प्रभावित हुने छ्न ।

मेलम्ची , धरहरा र दिपक मनाङे :
मनमोहन अधिकारी र पुष्प लाल को आदर्श , निष्ठा र सिद्धान्त बोकेको नेकपा एमालेको के पी ओली सरकारको प्रदेश मुख्य मन्त्रीले दिपक मनाङे लाई मन्त्री बनाएर मदन भण्डारीको बहुदलीय जनबादको असली कार्यान्वयन समेत गरिसकेको छ ।
अब छिट्टै नै जसपा संग निर्माण हुदैगरेको के पी ओलीको संयुक्त सरकारको रबैया नेपाली जनता समक्ष छिट्टै प्रदर्शन हुने नै छ ।
कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसके छ ।
आफ्नो स्वस्थ्य आफै जोगाउं ।

सरकार त केबल उखान टुक्का र षड्यन्त्रको लागी मात्रै हो ।
इतिहासकै षड्यन्त्र शिरोमणि नेकपा एमालेका प्रधानमन्त्री के. पी .शर्मा ओली सरकारले मेलम्चीको पानी काठमाडौं ल्यायो र धरहरा बनायो भनेर कसैले पत्याएका छैनन र पत्याउने पनि छैनन ।

नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री स्व। कृष्ण प्रसाद भट्टराईको सार्थक परिकल्पना र ३० बर्ष देखिको शृङ्खलाबध्द बिकासको निरंतरता पछि काठमाडौं ओर्लिएको मेलम्चीका लागि बिगत सबै सरकार बधाई र धन्यवादका पात्र हुन ।
२०७२ बैशाख १२ गतेको महाभुकम्प बाट क्षती भै सडक आलिंगन गर्न आइपुगेको क्षत बिक्षत हाम्रो धरहरा आज सात बर्ष पछि ठडिएको धरहरा निर्माणको लागि सक्रिय सबै सरकारहरु यसका लागि बधाई र धन्यवाद का पात्र हुन । आम नेपाली जनता ले बुझेको र बुझ्ने सत्य र तथ्य यहि हो ।
सत्यलाइ छोप्न सकिन्छ , रोक्न सकिदैन , प्रधानमन्त्री र उनका स्तुतिगान कर्ताहरुलाइ चेतना भया ।
मेलम्ची काठमाडौंमा आइपुगेको छ । धरहरा काठमाडौंको सुन्धारामा ठडिएको छ । यो नेपाली जनताको लागि गौरव र गर्बको बिषय चाहिँ हो । सबै सरकार र आम नेपाली जनता बधाई का पात्र हुन ।
उद्घाटन गर्नु र गर्न पाउनु प्राबिधिक कुरा मात्र हो भन्ने कुरा आम नेपाली जनता ले राम्रो संग बुझेका छ्न ।

सालिन , भद्र , उदार एबं लचिलो स्वाभावका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको योगदान र नेतृत्वमा अन्य सबै नेताहरुको सक्रिय योगदानका कारण नेपाली कांग्रेस रास्ट्रीयता , लोकतन्त्र र समाजबाद आत्मसात गर्दै अबिचलित रुपमा बढिरहेको छ र बढिरहने छ । कांग्रेस कै कारण शन्ती र संबिधान ।। कांग्रेस कै कारण समृद्धि र नेपालको स्वाभिमान ।।

लेखक : नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय