शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एकैदिन थपिए ५७ सय २७ कोरोना संक्रमित, ३३ को मृत्यु
भर्खरै

एकैदिन थपिए ५७ सय २७ कोरोना संक्रमित, ३३ को मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

नेपालमा पछिल्लो २४ घण्टामा ५७ सय २७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ हजार १८७ पुगेको छ । यीमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ९२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८१ हजार ९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ८६.९

प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज कोरोना संक्रमणबाट ३३ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म ३ हजार २७९ जनाले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय