नेपाली कांग्रेसले सरकारकै गैर जिम्मेवार एवं अकर्मण्यताकै कारण कोरोना संक्रमणले माहामारीको रुप लिएको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दे देउवाले कोभिडका बिरामीहरुका लागि अस्पतालहरुमा बेडको सुनिश्चत गर्न पनि माग गरे । देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् ।
अहिले कोभिड-१९ महामारी तीव्र गतिमा फैलिनुमा सरकार जिम्मेवार रहेको उनले बताए। ‘आज मुलुक कोभिड महामारीको दोस्रो चरणमा छ। अत्यन्त कम संख्यामा पीसीआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको
संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ। संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ। संक्रमण नियन्त्रण गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘बढ्दो संक्रमणसँगै आईसीयू, बेड, भन्टिलेटरको अभाव देखिन्छ। यस्तो स्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यता पनि जिम्मेदार छ।’