गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।
उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’