शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना
भर्खरै

केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

महाशाखाले आईतबार सम्म नै मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको जनाएको छ । वर्षा भएपछि पहाडी क्षेत्रका किसान खुशी भएका छन् ।

अधिकांश स्थानमा वर्षा नहुँदा मकै छर्न नपाएका किसानलाई पानी

परेपछि राहत मिलेको छ । आकाशे पानीको भरमा खेति गर्न बाध्य किसान मकै छर्ने तयारीमा जुटेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय