मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
भर्खरै

निषेधाज्ञामा आजदेखि थप कडाइ

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

काठमाडौं : निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ। अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।

बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भएपनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए। केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ।

प्राप्त विवरणअनुसार मुलुकका

१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन्। यस्तै  कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ। यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय