धादिङको बेनीघाट रोराङ गाऊँपालिका वडा नम्बर- १ चिङ्बाङका आगलागी पीडितलाई सहयोग जुटेको छ । आगोलागीबाट विस्थापित ३ घर चेपाङ परिवारलाई गजुरी रुध्रेस्वोर आमा समूहबाट सहयोग गरिएको हो ।
बेनिघाट रोराङ गाऊँपालिका वडा नम्बर-२ का वडा अध्यक्ष संगको समन्वयमा आमा समूहले आगोलागीबाट विस्थापितलाई १५ हजार बराबरको खाना पकाउने भाडा र खाद्यान्न सहयोग गरेको हो । सहयोग सामाग्री समूहका अध्यक्ष सीता श्रेष्ठ र सचिव मुक्तिकला लामिछानेले हस्तान्तरण गर्नु भएको थियो ।