शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुनसरीमा पनि भोलिदेखि एक साता निषेधज्ञा
भर्खरै

सुनसरीमा पनि भोलिदेखि एक साता निषेधज्ञा

  • सिधा दृष्टी बिहिबार, बैशाख १६, २०७८ | April 29, 2021

नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गरेपछि सुनसरीमा निषेधाज्ञा जारी गरिएको छ । बढ्दो कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी २४ वैशाखसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेषप्रसाद ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले १७ वैशाखदेखि एक साता जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

संघीय सरकारले १५ दिन निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । सरकारले संक्रमक रोग नियन्त्रण ऐन, २०२० को उपदफा

२ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोहीबमोजिम सुनसरीमा निषेधज्ञा जारी गरिएको कार्यालयका सूचना अधिकारी महेश कुमार पोख्रेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय