मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सांसद शाही अचानक अस्पताल भर्ना भएका विषयमाथि छानबिन गर्न तीन दलको माग
भर्खरै

सांसद शाही अचानक अस्पताल भर्ना भएका विषयमाथि छानबिन गर्न तीन दलको माग

  • सिधा दृष्टी बिहिबार, बैशाख १६, २०७८ | April 29, 2021

काठमाडौं । गण्डकीका तीन प्रमुख विपक्षी दलले राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक अस्पताल भर्ना भएको विषयमा छानविन गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज संयुक्त विज्ञप्ति निकालेर सांसद शाही अस्पताल भर्ना भएको विषयमा छानविन गर्न माग गरेका हुन् ।

तीन दलले सांसद् शाहीलाई सुनियोजित रूपमा अस्पताल भर्ना गरिएको आशंका गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव पेस हुने सांसद शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनुलाई तीन दलले शंका

गरेका छन ।

उनीहरुले यो विषयमा ८ वटा प्रश्न उठाएका छन । लाइफकेयर डाइग्नोस्टिक प्रयोगशाला र प्रदेश सभा परिसरमा शाहीले एकै समयमा स्वाब दिन कसरी सम्भव भनेर प्रश्न गर्दै उनीहरुले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु, निजी ल्याबले पोजेटिभ देखाउनुलाई रहस्यमय भनेका छन ।

शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको फुटेजमा सीसीटीभी कैद भएको उनीहरुको दावी छ । शाही भर्ना भएको चरक अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्नु रहस्यमय भएको उनीहरुको तर्क छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय