शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार बढी सवारी साधनमाथि कारबाही
भर्खरै

निषेधाज्ञा उल्लंघन गर्ने दुई हजार बढी सवारी साधनमाथि कारबाही

  • सिधा दृष्टी बिहिबार, बैशाख १६, २०७८ | April 29, 2021

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा उल्लघन गर्ने २ हजारभन्दा बढी सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ ।

निषेधाज्ञा उल्लघन गर्दै सडकमा गुडेका २ हजार ४९ सवारीसाधनलाई कारवाही स्वरुप होल्ड गरेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले जरुरी काम र सवारी पासविना सडकमा निस्किएका सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ६ बजेपछि छाडेको हो ।

निषेधाज्ञाको पहिलो दिन भएकोले आज सम्झाई बुझाई आगामी दिनमा निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा उनीहरुलाई छाडिएको महाशाखाले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय