काठमाडौं । चन्द्रागिरि नगरपालिकाले निषेधाज्ञाको समयमा पनि नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक कामहरु नरोकिने जनाएको छ । साथै कर्मचारीहरुलाई आलोपालो गरी सेवाग्राहीको काम गर्न पनि निर्देशन दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले बुधवार एक जरुरी सूचना जारी गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैशाख १३ र १४ गतेको बैठकले जारी गरेको आदेशलाई नगरपालिका भित्र पूर्ण रुपमा पालना गराउने पनि निर्णय गरेको जानकारी दिएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएको र निषेधाज्ञा जारी भएको अवस्थामा कसरी निषेधाज्ञा सफल
बनाउने र नगरबासीलाई कोरोना संक्रमणबाट बचाउँने भन्ने बिषयमा नगरप्रमुख घनश्याम गिरीको अध्यक्षतामा नगरपालिका भित्रका सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि लगायतका सरोकारवालाहरुको बैठक बसी आवश्यक सर्तकर्ता अपनाउने निर्णय गरेको पनि नगरपालिकाको सूचनामा भनिएको छ ।
नगरपालिकाको जरुरी सूचना