किरण गिरी । बैशाख - १५ गते राती (१२ : ०० सम्मको क्रियाशील सदस्यहरुको
पछिल्लो जम्मा अध्याबधिक तथ्यांक :
कुल सदस्य : ७ लाख ५३ हजार ३ सय ४४ जना ।
नयाँ सदस्य : ३ लाख ८९ हजार ४ सय ५१ जना ।
नवीकरण : ३ लाख ६३ हजार ८ सय ९३ जना ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सुचना अधिकारी अधिबक्ता केशब रिजालले दिनु भएको जानकारी अनुसार । यसमा समायोजन तर्फ लोकतान्त्रिक फोरम र राप्रपा
सुनिल बहादुर थापाको विभिन्न जिल्ला बाट २०७८ बैशाख मसान्तसम्म क्रियाशील सदस्य फारम लेबि सहित नेपाली कांग्रेस केन्द्रिय कार्यालय आइसक्नु पर्ने निर्णय भएको हुदा एबं केही इण्ट्री बाकी समेतलाइ हेर्दा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख भन्दा बढी हुने देखिन्छ ।
नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । हिजो बैशाख १५ गते राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द भएको छ
क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।
सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने ।
रामचन्द्र घिमिरेको वालबाट संप्रेषित :
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०७८ बैशाख १५ गते राति १२ बजेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाबाट क्रियाशील सदस्यता इन्ट्री गर्ने काम बन्द भएको छ।
देश कोभिड्ले आक्रान्त बनेको छ। यसै बिचमा नेपाली कांग्रेसको १४औ महाधिवेशनको लागि क्रियाशील सदस्यताको टुङ्गो छानविन समितिले लगाउनु पर्ने हुन्छ।
जिल्लाले १६ र १७ गते बैठक बसेर केन्द्रीय परिपत्र अनुसार मिलाएर १७ गते बेलुका ५ बजेसम्म केन्द्रमा बुझाउनु पर्ने केन्द्रीय कार्यसमितिको निर्णय रहेको छ।
🇦🇹 अब यस पछिको काम क्रियाशील छानविन समितिको निर्णय अनुसार अघि बढ्छ। यि सबै प्रक्रिया पूरा भएपछि महाधिवेशन सुनिश्चित रहनेछ ।
नेपालमा दोस्रो चरणको कोरोना संक्रमणका कारण आजै देखि काठमाडौं उपत्यका लगायत मुलुक प्रमुख शहरहरुमा लगाइएको निषेधाज्ञाले नेपाली कांग्रेसको क्रियाशील सदस्यता संकलन र ७७ जिल्ला र १६५ निर्बाचन क्षेत्रबाट पठाउने कार्यमा स्वत अबरोध भएको छ ।
लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।