सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विदेश जानेको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने
भर्खरै

विदेश जानेको पीसीआर रिपोर्टमा फोटो राख्नुपर्ने

  • सिधा दृष्टी बिहिबार, बैशाख १६, २०७८ | April 29, 2021

सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको छ ।

विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि काठमाडौंका सुरिया ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नक्कली फेला परेको थियो । उक्त

घटनापछि सरकारले रिपोर्ट परीक्षणमा कडाइ गरेको हो ।

हेर्नुहोस् सूचना

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय