मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सबै स्थानीय निकायमा ‘नेपाल स्काउट’
भर्खरै

सबै स्थानीय निकायमा ‘नेपाल स्काउट’

  • सिधा दृष्टी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021

काठमाडौं । अब भने नेपाल स्काउट सबै स्थानीय निकाय हुँदै त्यहाँका सबै विद्यालयमा फैलिने भएको छ । नेपाल स्काउट प्रधानकार्यालयबाट बुधबार राजधानीमा आयोजित यससम्बन्धी घोषणा कार्यक्रममा देशका सबै ७ सय ५३ पालिकाहरुमा स्काउट संरचना निर्माण गरिएको जानकारी दिइयो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित सँस्थालाई देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गरिएको हो ।

 

विगतमा सीमित क्षेत्रमा क्रियाशील स्काउटको संरचना अहिले नयाँ राज्य संरचना अनुसार सातै वटा प्रदेश तहमा

बनिसकेको छ । ‘परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचनासँगै समयको माग अनुसार गतिशील हुने अवसर पाएको छ’, संयोजक भण्डारीले भन्नुभयो ।

विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै स्काउट गतिविधि बढेको पनि उहाँले बताउनुभयो । ‘परिणामस्वरुप विगत लामो समयदेखि निस्कृय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाईमा पुगेको छ’, उहाँले भन्नुभयो ।

 

स्थानीय संरचनाअन्तर्गत हरेक विद्यालयमा कम्तिमा एक वटा स्काउट समिति बन्ने जानकारी पनि संयोजक भण्डारीले दिनुभयो । उक्त समितिहरुमार्फत् विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्ने छन् ।

स्काउटको इतिहासमा यस आर्थिक वर्ष मात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको जानकारी पनि उहाँले दिनुभयो ।

नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेको छ भने, प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था हुनुका साथै स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ ।

यसबाट संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक विद्यालयमा स्काउट युनिटहरु सञ्चालन हुने र हरेक पालिकामा स्काउट क्र्यू सञ्चालन हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय