बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • निषेधाज्ञामा रेमिट्यान्स खुलै रहने
बैँक / वित्त

निषेधाज्ञामा रेमिट्यान्स खुलै रहने

  • सिधा दृष्टी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021

काठमाडौं । निषेधाज्ञा अवधिमा पनि रेमिट्यान्स कम्पनीहरु खुलै रहने भएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । अत्यावश्यक सेवा भएका कारण बैंक तथा बिमा कम्पनीहरु समेत निषेधाज्ञामा खुला हुनेछन् ।

बैंक र बिमासँगै रेमिट्यान्स कम्पनीहरुले पनि निषेधाज्ञामा सेवा दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई सुरक्षा सतर्कता अपनाएर सेवा दिन निर्देशन दिएको उनले जानकारी दिए ।

class="okam-each-ad" data-verification="3827f2b00133ffb2747637232c7c83aa">

‘सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरिएको छ, डिजिटल नभए पनि कोरोनाबाट बच्न सुरक्षा मापदण्ड अपनाएर सेवा दिन भनेका छौं’ उनले भने ।

यसका लागि सम्बन्धीत बैंक तथा रेमिट्यान्स कम्पनीहरुको परिचय पत्रको आधारमै आवात जावत गर्न पाउने गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय भएको उनले बताए ।

रेमिटर्स एशोसिएसनका अध्यक्ष सुमन पोखरेलले पनि रेमिट्यान्स अर्थतन्त्रका लागि पनि महत्वपूर्ण भएका कारण सेवा अवरुद्ध नहुने बताए । उनका अनुसार कम्पनीहरु दिनभर (कार्यालय समय) भरी नै खुला हुनेछन् ।

‘विदेशमा हुनु भएकोहरुको आफन्त नेपालमा हुनुहुन्छ, यस्तो बेलामा वहाँहरु रेमिट्यान्स सेवाबाट बञ्चित हुनु हुँदैन उनले भने, ‘यसकारण पनि सबै रेमिट्यान्स कम्पनीले सुरक्षा मापदण्ड पालना गर्दै सेवा दिनेछन्, ढुक्क भएर सेवा लिन आउन म आग्रह् गर्न चाहान्छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय