आज साताको चौथो दिन बुधबार शेयर बजार ओरालो लागेको छ । आज नेप्से १३ दशमलव ७९ अङ्कले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको हो ।आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र लगानी समूहको शेयर ओरालो लागेको छ ।
आज दुई सय १५ कम्पनीका ८९ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएको छे।
एनसीसी बैंकको सबैभन्दा धेरै २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा
धेरै पोखरा फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर घटेको छ ।
पोखरा फाइनान्स को ६ र प्रोग्रेसिभ फाइनान्सको शेयर झण्डै साढे चार प्रतिशतले घटेको हो । विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर भने १० प्रतिशतका दरले वृद्धि भएको छ ।