शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो, एकैदिन तीन हजारभन्दा बढीले गुमाए ज्यान
भर्खरै

भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो, एकैदिन तीन हजारभन्दा बढीले गुमाए ज्यान

  • सिधा दृष्टी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021
Coronavirus on scientific background

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता ३ हजार २२९ कोरोना संक्रमितको ज्यान गएपछि मृत्यु हुनेको संख्या २ लाख १ हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

एकैदिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष सुरु भएयताकै यो सबैभन्दा धेरै भएको समाचारमा जनाइएको छ । मंगलबार एकैदिनमा ३ लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा १ करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन

पुगेका बताइएको छ ।

एकैदिन ३ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले देखाएको छ ।

भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाखभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरसविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय