सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हराएका सांसद खोज्न गण्डकी प्रदेशसभामा जनमोर्चाको निवेदन
भर्खरै

हराएका सांसद खोज्न गण्डकी प्रदेशसभामा जनमोर्चाको निवेदन

  • सिधा दृष्टी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021

सांसद हराएको र खोजी गरिदिन भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएको छ ।

बुधबार अपरान्ह जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो पार्टीका सांसद  खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकाले खोजी गरिदिन सभामुखसमक्ष निवेदन दिएकी हुन् । उनले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतको पनि सांसद खोजी गरिदिन ध्यानाकर्षण गराएकी छन् ।

गण्डकी प्रदेशसभामा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै छ । तर, सांसद शाही भने सम्पर्कविहीन भएका छन् । संसद बैठक रोक्न जनमोर्चाले माग गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित भएको

छ । प्रदेशसभा बैठकमा कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गरेको मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची छ ।

सांसदले बोल्ने क्रम सकिए पनि सांसद शाही संसद् बैठकमा आएका छैनन् ।  कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जसपा सांसद धनमाया लामा गाडी लिएर खोज्न निस्किए पनि उनीहरू रित्तै फर्किएका थिए ।

सांसद शाही मतदानको समयसम्म नआए मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुनेछ । उनीहरू नआए अविश्वास प्रस्ताव ल्याएका दलको पक्षमा ३० मत पुग्छ । अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय