चितवनमा भोलि (बिहीबार) देखि निषेधाज्ञा जारी हुने भएको छ। आज (बुधबार) जिल्ला प्रशासन कार्यालय चितवनले भोलि राति १२ बजेपछि लागू हुनेगरी बैशाख ३१ दिनसम्म निषेधाज्ञा गरेको हो ।
noreferrer">के खुल्छ ?
-स्वास्थ्य संस्था, फार्मेसी
-विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा
-खानेपानी, फोहोर मैला व्यवस्थापन
-ग्यास तथा पेट्रोलियम पदार्थ
-तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा
-उद्योग परिसर भित्रै कामदार राख्ने गरी स्वास्थ्य मापदण्ड पूरा गरेर कलकारखाना
-बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, मालबाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने साधन, सरकारी काममा प्रयोग हुने सवारी
-बैंकको एटिएमका सवारी साधन
-प्रशासनबाट अनुमानि लिएर मृत्यु संस्कारमा प्रयोग हुने सवारी
-सञ्चारकर्मीले प्रयोग गर्ने साधन
-कृषि उपकरण ढुवानी गर्ने साधन
-अनुमानि प्राप्त साधन
के खुल्दैन ?
-अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाइने
-सभा, सम्मेलन, गोष्टि, जात्रा, महोत्सव
-सिनेमा हल, होटल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, स्विमिङ पुल, फुटपाथ पसल
-ब्युटीपार्लर, सैलुन टेलरिङ्ग
-बैंक तथा सहकारी संस्था
-सबै शैक्षिक संस्थाहरु
-लामो तथा छोटो दुरीका सवारी साधन
-मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु
-वनमा हुने जङ्गल सफारी, राप्ती र नारायणीमा जलयात्रा
-अत्यावश्यक बाहेकका सेवा दिने कार्यालय
-प्रशासनबाट अनुमानि लिएर मृत्यु संस्कारमा प्रयोग हुने सवारी