दाङमा एक व्यक्तीले ढुंगाले थिचेर श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीङ्गै निवासी २५ वर्षीय पदम पोख्रेलले २४ वर्षीया श्रीमती विपना रेग्मी पोख्रेललाई ढुंगाले हानेर हत्या गरेका हुन् ।
मंगलबार राति करिब ८ बजेतिर ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनको शवलाई प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार फरार
रहेका श्रीमानको खोजी कार्य भइरहेको छ । विपनाकी ४ वर्षीया छोरी छन् ।