शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लहान नगरपालिकाविरुद्ध शिक्षक आन्दोलनमा
भर्खरै

लहान नगरपालिकाविरुद्ध शिक्षक आन्दोलनमा

  • सिधा दृष्टी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021

शिक्षा ऐन तथा नियमावलीविपरीत शिक्षकको सरुवा गरेको भन्दै शिक्षकसँग सम्बद्ध सङ्घसङ्गठनले लहान नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । नगरपालिकाले शिक्षा नियमावली र ऐनविपरीत १३२ शिक्षकको सरुवा गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घसङ्गठनले माग गरेका हुन् । तत्काल सरुवाको निर्णय फिर्ता नलिए पठनपाठन अवरुद्ध गर्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्घ, सङ्घीय समाजवादी शिक्षक फोरमले संयुक्त रूपमा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ऐन, नियमविपरीत भएको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गरेका छन्

। निर्णय फिर्ता नलिए वैशाख २२ गतेदेखि नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक शैक्षिक संस्था बन्द गरिने चेतावनी दिइएको छ ।

शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकहरूलाई सरुवा गर्ने अधिकार हालको अवस्थामा शिक्षा विकास तथा समन्वय एकाइमा रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११.२ (ज) मा आधारभूत र माध्यमिक शिक्षकलाई सरुवा गर्ने अधिकार नभए पनि नगरपालिकाले सरुवा गरेको शिक्षक सङ्घसङ्गठनको भनाइ छ ।

नगरपालिकाले चैत १३ गते १३ जनाबाट शुरु भएको सरुवा प्रक्रिया वैशाख १२ गतेसम्म आइपुग्दा १३२ जनाको सरुवा भएको जनाइएको छ । जसमध्ये पाँच राहत कोटाको शिक्षक र तीन महिनापछि सेवा अवकाश शिक्षकसमेत रहेको नेपाल शिक्षक सङ्घका अरविन्दकुमार दासले जनाएका छन् । आफूहरू अन्यायमा परेको भन्दै नगरपालिकाले गरेको सरुवा फिर्ता लिन तथा न्यायिक छानबिनका लागि उक्त सङ्घसङ्गठनले माग गरेका छन् ।

लहान नगर क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । जसमध्ये मावि आठ र ५१ वटा आधारभूत आधारभूत विद्यालय छन् । ती विद्यालयमा नगरले २०७७ वैशाखदेखि हालसम्म तलबबाहेका कुनै पनि रकम पठाएका छैनन् । यता लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले नगरपालिकाको अधिकार प्रयोग गरेर शिक्षक सरुवा गरेको जिकिर गरेका छन् ।


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
print sharing button

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय