आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
भर्खरै

छोरी हत्या आरोपितलाई जन्मकैद

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते

पक्राउ गरेको थियो ।

मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।

आमाबुबा नै आरोपित रहेको देखिएपछि घटनास्थलको अनुसन्धानपश्चात् प्रहरी प्रतिवेदनका आधारमा ०७५ साल माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजूरी दर्ता गरेको थियो ।

भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुबाआमाले सरितालाई कुटपिट गरेको स्वीकारेका छन् । कुटपिट गरेको स्वीकारे पनि हत्या भने अस्वीकार गर्दै आएका छन् ।

जिल्ला अदालतको आदेशमा आरोपित तुरन्तलाल ०७५ साल फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय