अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनकी आमा रूपा तामाङको निधन भएको हो।
उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’
आमाको कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो । ‘इन्डियन आइडल २००७’ का विजयी प्रशान्तले निर्देशक नारायण
रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे । नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो ।
हाल उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ । निर्देशक तथा संगीतकार रायमाझीले पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आमाप्रति ऋद्धाञ्जली दिँदै परिवारमा समवेदना ब्यक्त गरेका छन् ।
सञ्जाल फेसबुकमार्फत तामाङलाई मातृशोक परेको बताएका छन् । उनले लेखेका छन्, ‘हार्दिक श्रद्धान्जली आमा ! हजुरले आफ्नो कोखबाट जन्म दिएको सपूत जस्ले संसार भरिका नेपालीहरूको मनलाई एकैठाउँमा बनाएको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छोराको सिरमाथी पहिराई दिँदा सारा नेपालीको सिर सगरमाथाजस्तै उच्च भएको त्यो क्षण, हजुरले प्रशान्त लाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अबसर प्राप्त गरेको थिए, हजुरले यति चाँडो यो सन्सार छोडेर जानुहुन्छ जस्तो एक रति पनि लागेको थिएन र अझै पनि बिश्वास लागेको छैन, विधीको विधान कसैले रोकेर रोकिँदैन रहेछ , बैकुण्ठमा बास होस् आमा, हजुर को आत्माको चिर शान्तीको कामना छ ।’