आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मापदण्ड पालना नगर्ने एक हजार जनामाथि प्रहरीले चलायो मुद्दा
भर्खरै

मापदण्ड पालना नगर्ने एक हजार जनामाथि प्रहरीले चलायो मुद्दा

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

कारोना भाइरस (कोभिड–१९) को दोस्रो लहरबाट उत्पन्न हुने समस्या र चुनौतीलाई दृष्टिगत गरी नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत प्रहरीले पछिल्लो २४ घण्टामा माइकिङ र प्लेकार्डसहित देशभरका सात सय दुई स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

कोभिड–१९ को संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि प्रहरीले ‘तपाईंको मास्क खोई ?’ लगायतका अभियान सञ्चालनमा ल्याएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले जानकारी दिए ।

सो अभियानसँगै देशभका ११ हजार सात सय २२ जनालाई

निःशुल्क मास्क वितरणसमेत गरिएको उनको भनाइ छ ।

त्यसैगरी, मास्क नलगाई हिँड्डुल गर्ने २३ हजार नौ सय ४१ जनालाई होल्डिङ जोनमा राखिएको छ भने स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड उल्लंघन गर्ने एक हजार चार सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय