शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभासद्को पिसिआर परीक्षण माग गर्दै गण्डकी प्रदेशसभा बैठक स्थगित
भर्खरै

सभासद्को पिसिआर परीक्षण माग गर्दै गण्डकी प्रदेशसभा बैठक स्थगित

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ ।

बैठकका शुरुमा नै नेकपा (एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैठक अझै सञ्चालन हुन सकेको छैन ।

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको

प्रस्ताब टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय