सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ऊर्जामन्त्री रायमाझीको परिवार नै संक्रमित
भर्खरै

ऊर्जामन्त्री रायमाझीको परिवार नै संक्रमित

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।

मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो ।

हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ । अस्पताल

भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौंं आएपछि उनलाई कोरोनाको लक्षण देखा परेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय