मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक
भर्खरै

भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

भारतीय नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा रोक लगाइएको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्वी नाकाबाट भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

मंगलबार सुरु दिन भएकाले सूचना जारी हुन नपाउँदा २१ जना भारतीय नागरिक नेपाल प्रवेश गरे । त्यसपछि आएका भारतीयलाई भने फर्काइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । ‘नाकालाई व्यवस्थित गर्दै कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न भारतीय नागरिकको प्रवेशमा रोक लगाएका छौँ,’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले

भने, ‘नेपालबाट पनि भारततिर जाने नेपाली नागरिकलाई नजान आग्रह गरेका छौँ ।’

यद्यपि नेपालबाट जानेलाई भने पानीट्यांकी नाकामा रोक लगाइएको छैन । तर, नेपालतर्फ प्रशासनले भने विवाहका लागि बढीमा पाँचजना, अस्पताल जाने र अत्यावश्यक रूपमा भारत जानैपर्ने नेपालीलाई मात्र भारत पठाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मंगलबार २१ जना भारतीय नागरिक नेपाल प्रवेश गरे भने पाँच सय ३० नेपाली नेपाल आए । भारतर्फ ८३ नेपाली गए भने ६ सय ४२ भारतीय गएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘मजदुरी गर्न, पढ्न र अस्पतालका लागि गएका नेपाली नाकाबाट फर्किरहेका छन्,’ प्रजिअ तिमिल्सिनाले भने, ‘नेपाल आउनेको पनि ज्वरो र एन्टिजेन्ट परीक्षण अनिवार्य गर्छौँ ।’

यसअघि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका बैठकले काँकडभिट्टा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर र कलवलगुढीमा पाँच सय क्षमताको होल्डिङ सेन्टर स्थापना गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । केन्द्रले झापाका १५ वटै स्थानीय तहमा कम्तीमा एक सय बेडको क्वारेन्टिन र ५० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रजिअ तिम्सिनाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय