शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भयावह बन्दै कोरोना : २४ घण्टामा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि
भर्खरै

भयावह बन्दै कोरोना : २४ घण्टामा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६८१ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना देखिएको हो । आज १४ हजार ६७२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ३६४ जनामा कोरोना देखिएको छ । १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १६० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

आज २३ हजार २२५ जना संक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये २३ हजार

३५२ जना होम आइसोलेसनमा, २ हजार ८७३ जना आइसोलेसनमा, ३१५ जना आईसीयूमा र ८४ जना भेन्टिलेटरमा रहेका छन् ।

आज थप १८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै ३ हजार १९४ जनाको संक्रमणबाट मृत्यु भएको छ । आज ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय