जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा त्यहाँका कोभिड सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ ।
सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र त्यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन् धेरै देखिएको बताइएको थियो ।
त्यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । जापानी अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको बताएका सिन्ह्वाले उल्लेख गरेकाो छ ।
जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा त्यहाँ सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।
जापानको राजधानी टोकियो र त्यसपछि त्यहाँका पश्चिमी प्रान्त, ओसाका, क्योटो र ह्योगो शहरमा प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गरेका थिए । सो संकटकालपछि सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा कोरोना संक्रमण देखिएको बताइएको छ ।
राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य शहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । त्यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । जापानी अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले उनीहरुको आलोचना भइरहेको पनि बताइएको छ ।