मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निषेधाज्ञा लम्बिने भएपछि नयाँ बसपार्कमा घर जाने यात्रुको घुइचो
भर्खरै

निषेधाज्ञा लम्बिने भएपछि नयाँ बसपार्कमा घर जाने यात्रुको घुइचो

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

सरकारले कम्तीमा वैशाख मसान्तसम्म काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा लगाउने साेमबारकाे मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे थियाे । यससँगै घर जाने यात्रुको चाप बढेकाे हाे ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज

बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । नयाँ बसपार्कमा टिकट काट्ने र बस कुर्नेहरूकाे भीडभाड बढेकाे छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताउनुभयो । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय