आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने
भर्खरै

दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने

  • सिधा दृष्टी मङ्लबार, बैशाख १४, २०७८ | April 27, 2021

भारतको दिल्ली प्रदेशमा १८ बर्ष माथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिएका छन् ।

अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने र दिल्ली सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको उनको जनाएका छन् । अहिले भएको खोप सकिए पनि अरु खोप बचत

नै रहने गरी व्यवस्था गर्न प्रयास गर्ने आश्वासन उनले दिएका छन् ।

सबैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय भारतका अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए । दिल्लीबाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बङ्गालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो ।

आम नागरिकले कारोनाको खोप लगाएमा सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या न्युनिकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिएका छन् ।

भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरूलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ ।

केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरीका १८ बर्ष माथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आँफै उत्पादन गर्दै विक्री वितरण हुँदै आएको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय