सरकारले तत्काल आन्तरिक उडान नरोक्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालयका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकमा हवाई उडान रोक्नेबारे कुनै निर्णय भएको छैन ।
हवाई यात्राका क्रममा स्वास्थ्य मापदण्ड पालना भए/नभएको कडाका साथ अनुगमन गरेर थप व्यवस्थित बनाउने बैठकले निर्णय गरेको छ ।
सीसीएमसीले १५ वैशाखदेखि आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो ।