कोरोना भाइरस संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएपछि सरकारले देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठक देशभरका सबै विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नै सरकारले उच्च संक्रमण देखिएका स्थानका विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरिसेको छ ।
सीसीएमसीको सिफारिसका आधारमा सरकारले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न सक्ने निर्णय
गरेको छ । निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिने अधिकार डीसीसीएमसीलाई दिने निर्णय भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।