आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • आज नेप्से ६५ दशमलव ५८ अङ्कले ओरालो लाग्यो
बैँक / वित्त

आज नेप्से ६५ दशमलव ५८ अङ्कले ओरालो लाग्यो

  • सिधा दृष्टी सोमवार, बैशाख १३, २०७८ | April 26, 2021

आज साताको दोस्रो दिन सोमबार पनि शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।आज नेप्से ६५ दशमलव ५८ अङ्कले घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा झरेको हो । आज बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले घटेको छ ।

यस्तै विकास बैंकको ८८ अङ्कले ओरालो लागेको छ भने, व्यापारको एक सय २७ अङ्कले, जलविद्युतको ९९, फाइनान्सको झण्डै २८ अङ्कले, माइक्रो फाइनान्सको एक सय १२ अङ्कले, उत्पादनको ९५, अन्यको ५४ र लगानी समूहको शेयर झण्डै तीन अङ्कले घटेको हो ।

आज

दुई सय २० कम्पनीका एक करोड २९ लाख कित्ता शेयर ६ अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छे। सबैभन्दा धेरै माथिल्लो तामाकोशी कम्पनीको शेयर कारोबार भएको छ । यसको कारोबार ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

रिलायन्स फाइनान्सको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । तर विशाल बजार कम्पनी र महिला लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय