सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मापदण्ड पालनामा लापर्वाही, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिँदै
भर्खरै

मापदण्ड पालनामा लापर्वाही, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिँदै

  • सिधा दृष्टी सोमवार, बैशाख १३, २०७८ | April 26, 2021

डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिन थालेको छ । डडेल्धुरा अस्पतालमा वैशाख २ गतेयता ७४ जनाको स्वाब परिक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको अस्पताल श्रोतले जनाएको छ । संक्रमितमध्ये ११ जनाको डडेल्धुरा अस्पतालको कोविड बेडमा उपचार भइरहेको छ भने बाँकी केही निको भएर घर गइसकेका र केही होम आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमित हुनेमा २४ जना डडेल्धुराका रहेका छन् । बाँकी बिरामीहरु अन्य जिल्लाका रहेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

अस्पतालमा रहेका १३ बेडमध्ये ११ वटामा कोरोना

संक्रमितको उपचार भइरहेको छ । अब दुई वटा बेड मात्रै बाँकी रहेकाले के गर्ने भन्ने अन्यौल वढेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । साथै अस्पतालमा रहेका चार वटा भेन्टिलेटर र पाँच वटा आइसीयुलाई आवश्यकताअनुसार प्रयोग गरिने उनले जानकारी दिए । दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहेकोले अस्पतालको क्षमताअनुसार आफुहरूले उपचारको ब्यवस्थापन गरिरहेको भए पनि बेड भन्दा बढी बिरामी आए कहाँ राखेर उपचार गर्ने भन्ने चिन्ता हुन थालेको उनले बताए ।

अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले दिएको जानकारीअनुसार वैशाख २ गतेयता १२ गतेसम्म अमरगढी नगरपालिकामा मात्रै १८ जना कोरोना संक्रमित देखापरेका छन् । संक्रमित भएकाहरू भारतका साथै देशका अन्य जिल्लाबाट आएका र तिनका सम्पर्कमा आएकाहरू रहेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

डडेल्धुरा अस्पतालमा स्वाब संकलन गरिएकामध्ये पनि ५० प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गइरेहको समयमा पनि डडेल्धुरामा स्वास्थ्यका मापदण्डको पालना भएको छैन । भिडभाड नगर्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, अनिवार्य रुपमा मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न भन्दै नेपाल सरकारले स्वास्थ्यका मापदण्ड निर्धारण गरेको भए पनि डडेल्धुरा सदरमुकामसहितका बजारमा पालना गरेको देखिँदैन ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि स्वास्थ्यका मापदण्डको पालना गर्न भन्दै पटक–पटक सुचना जारी गर्ने गरेको भए पनि आमनागरिकले मापदण्डको पालना गरेका छैनन् । स्वास्थ्यका कुनै पनि मापदण्डको पालना नगरी जिल्लामा यात्रुबाहक सवारीसाधन संचालनमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय