काठमाण्डौ – सरकारले निषेधाज्ञा गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ ।
आज सोमबार बसेको उपत्यकाकाक ३ वटै जिल्लाका सिडियोहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताएका छन् ।