शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विख्यात फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु
भर्खरै

विख्यात फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

  • सिधा दृष्टी सोमवार, बैशाख १३, २०७८ | April 26, 2021

फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोना भाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा निधन भएको छ ।

रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको प्रतिक्रिया दिएका छन् ।

तीन सातादेखि कोभिडसँग सङ्घर्ष गरेपश्चात् पेरिसस्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको एएफपीले जनाएको छ ।

मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुआती दिनहरुमा काम गरेका थिए । त्यसपछि उनी सन् १९९६ मा गाए लारोच र १९९८ मा

येभिस सेन्ट लरेन्टमा संलग्न भएका थिए ।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय