बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दिक्तेल-बाम्राङ-बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु
भर्खरै

दिक्तेल-बाम्राङ-बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

  • सिधा दृष्टी सोमवार, बैशाख १३, २०७८ | April 26, 2021

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ-बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल-बाम्राङ-डल्लेखोला दोभान-दम्कु-बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो ।

दिक्तेलको रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ बजे बाम्राङ-डल्लेखोला दोभान-दम्कु-बुइपा हुँदै गाईघाटका लागि बस छुट्ने यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकमा नियमित बस सेवा शुरु भएपछि यात्रुहरु हर्षित भएका छन् ।

यसअघि रत्नपार्कबाट

मुडे-नुनथला-महुरे हुँदै गाईघाटलगायत पूर्वी तराईका विभिन्न जिल्लामा नियमित सिधा बस सेवा सञ्चालनमा थियो । बाम्राङ तथा बुइपाको तल्लो भेगमा पर्ने उक्त सडक खण्डमा नियमित बस सेवा सञ्चालनमा आएपछि यात्रा गर्न तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको छ ।

बाम्राङ र बुइपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरेर नियमित बस सेवा शुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले जानकारी दिए । निर्माण सम्पन्न गरेको लामो समयसम्म प्रयोगविहीन बनेको उक्त सडकखण्डमा नियमित बस सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।

उक्त सडक खण्डको डल्लेदोभानमा मोटरेबल पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएको र तीन करोड ८८ लाख लागत अनुमान आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजालले बताए । डल्लेखोला दोभानमा आर्थिक वर्ष ०७७÷७८ मा पुलको बोलपत्र आह्वान हुने र सडक स्तरोन्नतिका लागि विभिन्न निकायसँग समन्वय गर्ने नगरप्रमुख रिजालको भनाइ छ ।

दश स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तह पछिल्लो समय राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाका सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीय तहहरु लागिपरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वटै वडामा साना तथा ठूला यातायात सञ्चालनमा छन् । गाउँगाउँमा निर्माण गरिएका सडकमा नियमित यातायात सञ्चालनमा आएपछि कृषि उपज निर्यात तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दाले बताउँछन् ।

चौध वर्षदेखि यातायातका साधन सञ्चालन भएको जिल्लामा पछिल्लो समय राजधानी काठमाडौं तथा पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा बस सेवा सञ्चालनमा छ । पूर्वी पहाडी जिल्ला खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत गाडी ल्याएर दैनिक यातायात सञ्चालन गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय