धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा १८ महिने बालक सहित ४३ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलले बताएका छन् ।
पौडेलका अनुसार नेत्रावती डवजोङ गाउँपालिका वडा नं. ३ मा २ जना र वडा नं. ४ मा ४१ जना रहेको छ । संक्रमितहरुमा १७ जना महिला र २६ जना पुरुष रहेका छन् ।
शुक्रबार गाउँपालिकाको वडा नं. ४ का १४ जनामा सङ्क्रमण पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा ५२ जनाको स्वाव सङ्कलन गरी परीक्षणको लागि पठाइएको
थियो । परिक्षण गरिएका मध्ये शनिबार साँझ ४३ जनाको कोरोना रिपोट पोजिटिभ देखिएको हो ।