रुपन्देहीको कोटिहवामा भएको सवारी दुर्घटनामा दुई बालिकाको ज्यान गएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले सोही दिशातर्फ गुडिरहेको लु १ ख ९६८५ नम्बरको जन्ती बसलाई तिलोत्तमाको कोटिहवामा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार वर्ष ८ का जुम्ल्याहा दिदिबहिनी गंगा हरिजन र जमुना हरिजनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
एकको घट्नास्थलमै र अर्की बालिकाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही
बसमा सवार अन्य ५ जना घाइते भएका छन् ।