शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल टी-२० अन्तर्राष्ट्रिय वरियताको १४ औं स्थानमा
भर्खरै

नेपाल टी-२० अन्तर्राष्ट्रिय वरियताको १४ औं स्थानमा

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो ।

शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको नेपालले वरियतामा पनि सुधार गरेको हो । आईसीसीले अपडेट गरेको नयाँ वरियताअनुसार नेपालको २८ खेलमा ५ हजार ११३ अंक र १८३ रेटिङ अंक छ ।

यसअघि नेपाल भन्दा अगाडि रहेको स्कटल्यान्ड १५

औं स्थानमा झरेको छ । एसोसिएट राष्ट्रहरुमा नेपालभन्दा अघि रहेको युएई १३ औं स्थानमा छ ।

नेपालभन्दा पछि पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड्स १७ औं, ओमान १८ औं, नामिबिया १९ औं र सिंगापुर २० औं स्थानमा छ ।

इंग्लयाण्ड विश्व टी-२० वरीयतामा शीर्ष स्थानमा यथावत छ भने भारत दोस्रो, अष्ट्रेलिया तेस्रो र पाकिस्तान चौथो स्थानमा यथावत छ । यस्तै न्यूजिल्याण्ड पाँचौ, साउथ अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेष्ट इन्डिज आठौं, श्रीलंका नवौं, बंगलादेश १० औं, जिम्बावे ११ औं र आयरल्याण्ड १२ औं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय