मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोरङमा रातको ८ बजेपछि रात्रिकालीन व्यवसायहरु सञ्चालन गर्न नपाइने
भर्खरै

मोरङमा रातको ८ बजेपछि रात्रिकालीन व्यवसायहरु सञ्चालन गर्न नपाइने

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

मोरङमा पनि दिनप्रति दिन कोरोना संक्रमण बढ्न थालेपछि जमघट हुन नदिने, हाटबजार बन्द गर्ने, रात्रिकालीन व्यावसायहरु रातको ८ बजेपछि बन्द गर्ने तथा मास्कको अनिवार्य प्रयोग गर्ने÷गराउने निर्णय गरिएको छ ।

मोरङमा आइतबार (आज) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाका अनुसार उक्त बैठकले खुल्ला सीमा नाकाको फाइदा उठाउदै आवत–जावत गर्ने कार्यलाई पनि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सिनेमा हल, डान्स क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, पुटसल, आमसभा,

सेमिनार गोष्ठी सबै बन्द गरिने र अनिवार्य मास्क अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । उनका अनुसार अटेर गर्नेलाई कारवाही गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय