मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकाका सीडीओ कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द
भर्खरै

उपत्यकाका सीडीओ कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यकबाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हौँ,’ काठमाडौं प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘हाललाई एक हप्ता सेवा बन्द गर्ने भनेका छौँ । परिस्थिति

हेरेर अवधि बढ्न पनि सक्छ ।’

उनका अनुसार अत्यावश्यकबाहेकका सेवा सोमबारदेखि नै बन्द हुनेछन् । यो निर्णयसँगै नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, संघ-संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने उनले बताए ।

यस्तै, बैठकले भीडभाड हुने कार्यालयलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्देशन दिने निर्णय बैठकले गरेको पराजुलीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय