बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जुनमा बेलायत र बेल्जियमको भ्रमण गर्दै राष्ट्रपति वाइडेन
भर्खरै

जुनमा बेलायत र बेल्जियमको भ्रमण गर्दै राष्ट्रपति वाइडेन

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी जुन महिनामा बेलायत र बेल्जियममा हुने सम्मेलनहरूमा सहभागिता जनाउने भएका छन् ।

ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रपति वाइडेनले बेलायतको क्राउनवालमा जुन ११ देखि १३ सम्म हुने जी–७ सम्मेलनमा भाग लिने छन् भने जुन १४ मा बेल्जियमको ब्रसेल्समा हुने नाटो लिडर्स सम्मेलनमा सहभागिता जनाउने छन् ।

राष्ट्रपतिको भ्रमणबारे युरोपियन परिषद् अध्यक्ष चार्ल्स मिखायलले पनि पुष्टि गरेका छन् ।

मिखायलका अनुसार वाइडेनले ब्रसेल्समा हुने युरोपियन युनियन र अमेरिकी सम्मेलनलाई सम्बोधन गर्ने छन् । सम्मेलनमा युरोपियन युनियनका

अध्यक्ष लगायत उच्च कर्मचारीहरू सहभागी हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय