धादिङ । नेत्रावती डब्जङ गाउँपालिकाले अत्याबश्यक बाहेककाल्ल सबै सेवा बन्द गरी कोरोनाको दोश्रो लहरलाई शुरूमै नियन्त्रण गर्ने प्रयाश थालेको छ।
सोह्र जनाको पिसिआर परिक्षण गर्दा शुक्रबार १४ जनामा अर्थात् झण्डै असी प्रतिशतमा कोरोना देखिएपछि पालिका सबै सेवा बन्द गर्ने निश्कर्षमा पुगेको हो । पालिकाका सूचना अधिकारी क्रुष्ण बहादुर पौडेलले सेवा बन्द गर्ने निर्णय भैनसकेको तर आफूहरूसंग अन्य बिकल्प नभएको बताए।
शनिबार पनि पालिकाले ५२ जनाको स्वाव संकललन गरि त्रिशूली अस्पताल नुवाकोट पठाएको छ। यस्को नतिजा हेरेर पालिकाले थप कदम चाल्ने
स्वास्थ संयोजक तथा सूचना अधिकारी पौडेलले बताए।
शुक्रबारको परिक्षणमा संक्रमित १४ मध्ये नौ जना बालबालिका रहेका छन् ।