शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रियल म्याड्रिड बेटिससँग बराबरीमा रोकियो
भर्खरै

रियल म्याड्रिड बेटिससँग बराबरीमा रोकियो

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

 

रियल म्याड्रिडले बल पोसेसन आफ्नो पक्षमा राखेपनि गोल गर्न सकेन । म्याड्रिडले बेटिसको पोस्टमा १७ पटक प्रहार गर्दा पाँच पटक भने टार्गेटमा लागेको थियो ।

यस बराबरीसँगै म्याड्रिडले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । ३३ खेलबाट ७१ अंक जोड्दै रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ अंक

छ ।

त्यस्तै दुई कम खेल खेलको बार्सिलोना ६८ अंकसहित तेस्रो स्थानमा रहेको छ । रियल बेटिस ३३ खेलबाट ५० अंक जोडेर छैटौ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय