दोषी ठहर गरी जेल सजाय र जरिमाना समेत तोकेपछि दुवै जना जेल जाने भएका हुन् ।केही वर्ष पहिले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कासँग सोही गाउँपालिका–७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा मागेका थिए ।
आफूहरूले मागेको चन्दा रकम नदिए पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यलाई मार्ने धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिमाना दुवै सजाय हुनेगरी फैसला सुनाएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।