काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही १३ वैशाख दिउँसो २ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी ७ देखि १० भदौसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको छ ।
महाधिवेशनका लागि पार्टीको गाउँ\नगर वडा अधिवेशन आगामी २० असार, गाउँ\नगरपालिका अधिवेशन असार २२ र प्रदेशसभा क्षेत्रीय अधिवेशन २५ असार निर्धारण गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन\एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २७ असार, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ३० असार र प्रदेश अधिवेशन आगामी आगामी ६ साउनलाई तोकिएको कांग्रेसले जनाएको छ ।