बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बस दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते
भर्खरै

बस दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते

  • सिधा दृष्टी शनिबार, बैशाख ११, २०७८ | April 24, 2021

खोटाङको तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शनका लागि आपको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने २२ जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यृ भएको जनाइएको छ।

हलेसी दर्शन गरेर फर्कने क्रममा दर्शनार्थी बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएका

छन् । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय